मनहरीका फरार युवक १८ वर्षपछि पक्राउ
मकवानपुर, ०६ असार । जिल्ला अदालत मकवानपुरले वि.सं. २०५७ कात्तिक २ गतेको फैसलाले लागुऔक्षध चरेश–गाँजा मुद्धामा दोषी ठहराई फरार रहेका एक युवकलाई प्रहरीेले १८ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का ३१ वर्षीय कुलबहादुर बल भन्ने अबिदन बललाई मंगलबार पक्राउ गरेको हो । उनलाई लागुऔषध चरेश–गाँजा मुद्दामा १० महिना १३ दिन कैद र रु.३००० जरिवाना तोकीएको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
