वाणिज्य संघद्वारा आयोजित बिदाई कार्यक्रममा एसपी श्रेष्ठको चर्चा
हेटौँडा, ०६ असार । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित मकवानपुरका प्रहरी प्रमुखको बिदाई कार्यक्रममा एसपी लोकेन्द्र श्रेष्ठको राम्रा कामहरुको चर्चा गरिएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठले छोटो अवधिमा हेटौँडामा अपराध न्यूनिकरणमा पु¥याएको सहयोगकालागि धन्यवाद दिएका थिए ।
हराएका मोबाईल फिर्ता गर्ने, लागू पदार्थ ओसारपसारमा कमी, अपराधीहरुको पक्राउ गर्ने, सिसिटिभी मर्मतकालागि सहयोग जुटाउने कार्यको प्रशंसा गर्दै अध्यक्ष कटुवालले श्रेष्ठको प्रशंसा गरे । साथै उनले श्रेष्ठको आगामी दिनको सफलताको कामना समेत गरे । कार्यक्रममा बोल्दै संघका कार्य समिति सदस्य तथा पश्चिमी क्षेत्र समिति सभापति गोविन्द रिजालले प्रहरी परिचालनमा राम्रो भूमिका निर्वाह गरेको बताउँदै शान्ति सुरक्षामा उपरीक्षक श्रेष्ठले पु¥याएको कार्यको प्रशंसा गरे । छोटो अवधिमै सरुवा भएकोले जिल्लामा पुनः आउने वातावरण बनोस् भन्ने कामना पनि रिजालले गरे ।
प्रहरी उपरीक्षक श्रेष्ठले छोटो समयमा आपूmले सक्दो गर्ने प्रयास गरेको बताए । आपूmले गरेका हरेक कृयाकलापहरुमा आपूmलाई सबैको साथ प्राप्त भएको र भौतिक रुपमा मात्र हेटौंडा छोड्न लागेको बताए । आप्mनो जिम्मेवारी निभाउने क्रममा पाएको सहयोगकालागि पनि उनले सबैलाई धन्यवाद दिए । प्रदेशको राजधानी हेटौंडामा २४ औं घण्टा होटल व्यवसाय खुल्ला राख्ने आप्mनो सोच पूरा गर्न नसकेकोमा खिन्नता व्यक्त गर्दै उनले निश्चित नीति नियम बनाई अघि बढ्न पनि सुझाए । सकारात्मक सोचकासाथ सामूहिक रुपमा एक भई अघि बढ्न सके हरेक क्षेत्रमा सफलता हात लाग्ने सुझाव दिंदै ४१ दिनमै सरुवा हुनुपर्दा हेटौंडालाई सेवा दिन नसकेको तर हेटौंडा र हेटौंडेलीको माया र सद्भावलाई विर्सन नसक्ने बताए ।
विदाई कार्यक्रममा अध्यक्ष कटुवालले उपरीक्षक श्रेष्ठलाई संघको तर्फवाट खादा, माला लगाई मायाको चिनो प्रदान गरेका थिए । समापन मन्तव्य राख्दै संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेले उपरीक्षक श्रेष्ठबाट छोटो अवधिमा भए गरेका कार्य निकै नै राम्रो भएकोले आगामी दिनमा संघले पनि उनको सुझाव कार्य गर्ने बताए ।
महासचिव प्रमोदसिंह रानाभाटबाट सञ्चालन गरिएको कार्यक्रममा संघका सचिव विष्णुगोपाल महर्जन, कासस तथा महिला उद्यमी सभापति निलम वैद्य, कासस कृष्णहरि बर्तौला, राजाराम कार्की, कृष्णप्रसाद ढुगाना, सुनिल अधिकारी, दिपक उप्रेती, वालकुमार मल्ल, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
