काँग्रेसको केन्द्रीय समिति बैठक आज हेटौँडामा हुँदै

तु खबर संवाददाता
२०७५ असार ४, सोमबार १५:२७

मकवानपुर, ०४ असार । यही असार ५ गते अर्थात भोलिदेखि हुने काँग्रेसको जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा आज साँझ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक हेटौँडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेलालाई व्यवस्थित र परिणामुखी बनाउनका लागि आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मुख्य गरी विधान संसोधन गर्ने, पार्टीलाई थप व्यवस्थित बनाउने र समसामयिक राजनीतिका विषयमा एउटै धारणा तय गर्ने शर्माले बताएका छन् ।

निर्वाचनमा पराजय बेहोरेपछि संगठन सुधार, सदस्यतालाई व्यवस्थित र आगामी बाटो तय गर्ने सहितका विषयमा जिल्ला सभापतिहरुले केन्द्रलाई ‘फिडब्याक’ दिने बताइएको छ । जिल्ला सभापतिको भेला भोलिदेखि देखि ७ गतेसम्म हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*