मकवानपुरे राष्ट्रियसभा सदस्य राईको कार्यकाल ६ वर्ष, बिडारीको ४ वर्षमै समाप्त हुने
मकवानपुर, ०४ असार । मकवानपुरका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रामचन्द्र राई र रामनारायण बिडारीको कार्यकाल क्रमशः ६ वर्ष र ४ वर्ष कायम गरिएको छ । आज भएको गोलाप्रथाबाट राईको पद ६ वर्ष र बिडारीको ४ वर्ष कायम भएको हो ।
राष्ट्रिसभाको सबै सदस्यहरुको कार्य अवधिका लागि आज गोलाप्रथा भएको थियो । जस अनुसार अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष, राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमल्सिनाको ६ वर्ष तथा गृहमन्त्री रामबहादुर थापाको कार्यकाल पनि ६ वर्ष कायम भएको छ । त्यस्तै कांग्रेसका जितेन्द्र देवको समेत ६ वर्ष कार्यकाल कायम भएको छ ।
