पदमपोखरीमा आगलागी पीडित परिवारलाई २० हजार सहयोग
हेटौँडा, ०३ असार । हेटौँडा १३ पदपोखरीका आगलागी पिडितलाई पदमपोखरी युवा महिला संजालले सहयोग गरेको छ । समुहले पिडित परिवारलाई २० हजार ३५ रुपैयाँ रकम सहयोग गरेका हुन् । उक्त आगलागीबाट पिडीत बनेकी सिवानी थिङ समूहकी सदस्य समेत हुन् ।
गत जेठ २६ गते विद्युत सर्ट भएर आगलागी हुँदा पदमपोखरी बानियाँ चोकका नवराज थिङको घर जलेर नष्ट भएको थियो । २ तले घरमा भएको आगलागी बाट जग्गा बेचेर राखिएको ५ लाख नगद सहित १२ लाखभन्दा बढीको क्षती भएको थियो ।
यस अघि नै पदमपोखरीको महेन्द्र माविमा अध्ययनरत विद्यार्थी तथा शिक्षकले समेत आफुले सकेको जति सहयोग गरेका थिए ।
