कोल्हवी वडा नम्बर १ खुल्ला दिशामुक्त घोषणा
–अनिल प्रित
कोल्हवी, ०३ असार । कोल्हवी नगरपालिकाको वडा नम्बर १ लाई एक कार्यक्रमका बिच शनिबार खुल्लादिशामुक्त क्षेत्र घोषण गरिएको छ ।
साबिक कोल्हवी गा.वि.स. हाल कोल्हवी नगरपालिका वडा नम्बर १ को कार्यक्रम स्थलबाट बाजागाजा सहितको र्याली मनकामना चोक, ठुलो बभनी , भौलर , सानो बभनी, बटौलिया, मठवा, खैरा , पिपरीया र कोल्हवी गाँउ हुदै पुःन कार्यक्रम स्थलमा पुगेको थियो ।
नगरपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हवी नगरपालिका नगर प्रमुख भरत बहादुर भण्डारी रहेका थिए भने कार्यक्रमको सभाध्यक्षता कोल्हवी नगरपालिका वडा नम्बर १ का वडा प्रमुख बिरेन्द्र चौधरीले गरेका थिए ।

कोल्हवी नगरपालिका उप– प्रमुख सुनैना देवी थरुनी ,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख नवल किशोर सिङ, कोल्हवी नगरपालिका प्रशासकिय अधिकृत रेशम बहादुर सिहं , जन स्वास्थ्य प्रमुख महम्द साबिर लगाएतको विशेष आतिथ्यता रहेको कार्यक्रममा श्री अ.दि.मा.वि का प्र.अ. केवल प्रसाद चौधरी , गोबिन्द पैडेल , बारा उघोग बाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको उदघाटन कोल्हवी नगरपालिकाको नगर प्रमुख भण्डारी र वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र चौधरीले सयुक्त रुपमा गमलामा पानीहाली गरेका थिए ।

नगर प्रमुख भण्डारीले सरसफाईको प्रमाणपत्र वडा नं. १ का वडा अध्यक्ष चौधरीलाई प्रदान गरेका थिए । साथै कार्यक्रममा स्थानीय गायिका संगिता चौधरीले सरसफाई सम्बन्धी गीत प्रस्तुत गरेकी थिईन् ।
