काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७५ असार २,शनिबार १९:५४
Featured Video Play Icon

मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् ।

७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु टुङ्ग्याउने बारेमा उनले मुख खोलेका छन् ।

त्यस्तै प्रदेश ३ को असार १ गते प्रस्तुत भएको बजेटका बारे कुरा गर्दै उनले बजेटको आफुले स्वागत गरेको भन्दा पनि कार्यान्वयनको दिशामा जानुपर्नेमा जोड दिए । उनले बजेटले सबै प्रदेशवासीलाई समेट्न नसकेको भन्दै हावादारी कुरा गरेर सरकारले जनतालाई ललीपप देखाएर झुक्याउने कार्य भएको बताएका छन् ।
हेर्नुहोस् पूरा भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*