घरेलु मदिरासहित हेटौँडाबाट ३ जना नियन्त्रण
मकवानपुर, ०२ असार । अवैध घरेलु मदिरासहित मकवानपुर प्रहरीले शनिबार बिहान ३ जनालाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ५ बाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीया कान्छी मोक्तान सोही स्थानका २५ वर्षीया बन्दना तामाङ र बसका सहचालक २४ वर्षीय ज्ञानेन्द्र दोङलाई नियन्त्रणमा लिएको हो ।
राईगाउँबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख १४७६ नम्बरको बसलाई जाँच गर्दा सोही बसमा सवार उनीहरुलाई १०० लिटर तयारी घरेलु मदिरा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
