मेयरले डोजर चलाउदा फोटो खिच्दै गरेका पत्रकार खोलामा खसे
पोखरा १ असार । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले डोजर चलाउँदा पत्रकार सहित ५ जना स्थानीय फिर्के खोलामा खसेर घाइते भएका छन् ।
महानगरपालिकामा फिर्के खोला नजिकै पैदलबाटो निर्माण सुभारम्भ गर्न मेयर जिसिले डोजर चलाएका थिए । गल्तीबस डोजर अनियन्त्रीत भएपछि पर्खालको रेलीङमा आड लाएर फोटो खिचिरहेका पत्रकार सहित ५ जना खोलामा खसेका थिए ।
डोजर काण्डमा गण्डक न्युजका पत्रकार रंजन अधिकारी र रेडियो अन्नपूर्णका संदेश श्रेष्ठ र स्थानीय गौरी पौडेल सहित ५ जना घाइते भएका थिए ।
घटनामा अन्यको अवस्था सामान्य भएपनि स्थानिय गौरी पौडेललाई बढी चोट लागेको बताइएको छ । उनको हाल मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ ।
