झापाको आठमौजा भन्सार कार्यालय सहयोगीको भरमा

तु खबर संवाददाता
२०७५ असार १, शुक्रबार १६:००

दमक, १ असार । झापाको गौरीगञ्ज गाउँपालिकास्थित आठमौजा छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।

भन्सारमा एक नायब सुब्बासहित दुईजना कार्यालय सहयोगीको दरबन्दी रहे पनि अहिले एक कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

पछिल्लो समयमा कार्यालय सहयोगी एक्लैले भन्सार पूर्जी काट्न नसक्ने भएपछि उक्त नाका भएर आयात र निर्यात हुने कतिपय सामग्रीको राजश्व घट्दै गएको छ । भारतसँग सीमा जोडिएको सो छोटी भन्सारको स्तरोन्नति गर्नुपर्ने स्थानीयवासीको माग छ ।

गौरीगञ्जको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि वैरिया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन् । सो नाकाबाट ठूलो परिमाणमा भारतबाट सामान आयात हुँदै आएको छ । गौरीगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष मखना महतो गैद्दारले उक्त कार्यालयमा कर्मचारी राख्नुपर्ने माग गरे।

उनले गौरीगञ्ज वैरिया क्षेत्रमा भन्सार घुम्ती टोली राख्नुपर्ने, रु ५० हजारसम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेश गर्दा पट्के पूर्जी काट्न इजाजत दिनुपर्नेलगायत माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*