हेटौंडाका अर्यालले गरे जन्मदिनको अवसरमा विध्यालयलाई सहयोग
मकवानपुर १ असार । हेटौंडा उपमहानगरपालिका ७ निवासी बुद्धराज अर्याललले आफ्नो २३ औं जम्नदिनको अवसरमा विध्यालयलाई सहयोग गरेका छन् । अर्यालले हेटौंडा ११ सिमल्टार स्थित शकरज्योती निम्न माध्यामिक विध्यालयलाई ६ थान पंङखा सहयोग गरेका हुन् ।
आज भएको एक कार्यक्रममा उनले विध्यालयका विध्यार्थीहरुलाई पठनपाठनमा सहजता हुने अभिप्रायले पङखा सहयोग गरेको बताए । कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष , विध्यालयका प्रधान्याध्यापक शिक्षक र विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सामाजिक कार्यमा सक्रिय अर्यालले यसअधि ईलाका प्रहरी कार्यालय भिमफेदीलाई सिसि टिभि हस्तान्तरण गरेका थिए । ।।
