काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक स्थायी सडक कायम

तु खबर संवाददाता
२०७५ असार १, शुक्रबार ११:१२

मकवानपुर, ०१ असार । काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटो कायम गर्ने अनूमति दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनूमति दिएको हो ।

यस अघि इन्द्रसरोवर गाउँपालिका कुलेखानी मकवानपुर लगायतका सरोकारवालाहरुले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन दिएको थियो । उक्त निवेदन उपर विभागले जेठ १८ गते बाटोलाई स्थायी कायम गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । विभागले यातायात व्यवस्था कार्यालय साना,ठूला सवारी बाग्मती तथा इन्द्रसरोवर गाउँपालिका कुलेखानी र जीप संचालन तथा समन्वय समिति काठमाडौँलाई बोधार्थ पठाउँदै निर्णयको जानकारी समेत गराएको छ ।

विभागको निर्णय अनुसार फर्पिङ दक्षिणकाली कुलेखानीसम्म २९ कि.मि. सडक र काठमाडौँ–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडककोबिच जम्मा ६ किलो मिटरको अन्तर देखिएको र सवारी समेत निर्वाध रुपमा संचालनमा रहेको भन्दै अनुमति दिइएको हो ।

साथै काठमाडौँ–फर्पिङ–दक्षिणकाली–कुलेखानी सडकखण्डको भाडादर बमोजिम नै उक्त सडकको समेत भाडादर कायम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*