फाखेलमा प्रहरीद्वारा सार्वजनिक स्थानमा विश्वकप हेर्न रोक

तु खबर संवाददाता
२०७५ असार १, शुक्रबार १०:५३

मकवानपुर, ०१ असार । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुरुप मकवानपुरको फाखेलमा प्रहरीले सार्वजनिक स्थानमा विश्वकप हेर्न रोकेको छ ।

बिहिबारबाट सुरु भएको विश्व कप फुटबलको २१ औँ संस्करण हेर्न फाखेलको पुरण्डीमा जम्मा भएका युवाहरुलाई प्रहरीले जिल्ला प्रशासनको सूचना सुनाउँदै रोकेका हुन् । प्रहरीले रोकेपछि युवाहरुले समेत घरमै बसेर विश्वकप फुटबल हेरेका छन् । फुटबल खेल संचालन अवधिभर कुनै पनि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विश्वकपबारे सूचना प्रकाशन गर्दै मकवानपुरका कुनै पनि सार्वजनिक स्थानमा ठूलो पर्दामा फुटबल हेर्न नपाईने नियम लगाएको हो । प्रशासनको सूचनालाई युवाहरुले समेत सकरात्मक रुपमा लिएको फाखेलका स्थानीय युवक आशबहादुर लामाले बताए ।

बुधबार प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जारी गरेको सूचनामा विश्वकप अवधिभर फुटबल सार्वजनिक स्थानमा ठुला पर्दामा देखाउन नपाईने, सूचनामा कुनै पनि सार्वजनिक अनुगमनलाई प्रभावित पार्न नपाइने, प्रर्दशनी स्थलमा प्रवेश शुल्क लिन नपाईने, खेलमा हारजित हुनेगरि बाजी लगाउन नपाईने जस्ता १० वटा नियमहरु उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*