चुरे संरक्षणका लागि बकैयामा समिक्षा गोष्ठी
मकवानपुर, ०१ असार । चुरे संरक्षणका विविध विषयमा मकवानपुरको बकैया गाउँपालिकामा सरोकारवालाबिच समिक्षा गोष्ठी बिहीबार भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा चुरे संरक्षणका लागि बकैया नदी परिचालन कार्यक्रमको समिक्षा गोष्ठी भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो ।
बाल तथा महिला सेवा केन्द्र बाराको आयोजनामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम घलान, गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, नेपाल संगीत तथा नाट्य एकेडेमीका प्राज्ञ आशाकाजी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
