काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा, यस्ता छन् तयारी

तु खबर संवाददाता
२०७५ जेष्ठ ३१, बिहीबार १७:३६

मकवानपुर, ३१ जेठ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आज हेटौँडामा रहेको काँग्रेसको जिल्ला कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आउँदो असार ५, ६ र ७ गते ३ नम्बर प्रदेश राजधानी हेटौँडामा हुने भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।

भेलाका लागि विभिन्न समिति गठन गरेर प्रचारप्रसार तथा तयारी अन्तिम चरणमा पुगेको बताइएको हो । भेलाका समयमा मकवानपुर तथा अन्य क्षेत्रबाट समाचार संकलनका लागि उपस्थित हुने पत्रकारहरुका लागि सहज तथा व्यवस्थित वातावरण मिलाइएको समेत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस मकवानपुरका हेटौँडा नगर सभापति आनन्दराम पराजुली, कार्यबहाक अध्यक्ष विष्णु लामिछाने, प्रचार विभाग संयोजक तथा मकवानपुर सचिव बुद्ध लामा, काँग्रेस जिल्ला प्रवक्ता प्रदिप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*