बकैयामा जनप्रतिनिधिलाई नेकपाको कडा चुनौति, यस्तो गरियो माग
मकवानपुर, ३० जेठ । जनप्रतिनिधिहरु भ्रष्टाचारी र कमिसनखोरी जनप्रतिनिधिलाई खारेज गर्दै जनसत्ता संचालनमा रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बकैया गाउँपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ ।
नेकपाका बकैया इन्चार्ज प्रल्हादले बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई बुधबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा जनप्रतिनिधिले विलासीता तथा सेवा सुविधाको लागि किनिएको सवारी तथा मोबाईल फोन फिर्ता गरि उक्त रकम विकासको लागि खर्च गर्नुपर्ने माग राखेको छ । त्यस्तै गाउँपालिका तथा वडाका कार्यालय स्तान्तरण गर्दा जनसत्ताको निर्णयअनुसार गर्नुपर्ने माग गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेट समेत जनसत्तासँग समन्वय गरी ल्याउनुपर्ने माग गर्दै नेकपाले जनप्रतिनिधिहरुको निर्देशन तथा संलग्नतामा अनियमित ढङ्गले वन विनाश, गिट्टी ढुङ्गा निकासी तथा पैठारी, चोरी तस्करी हुने तथा सार्वजनिक जग्गा अतिक्रमण हुने गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न समेत माग गरेको छ ।
मागपत्रको पाँचौँ बुँदामा वर्तमान प्रशासनिक निकायमा ढिलासुस्ती, घुस, भ्रष्टाचार चरम रुपमा बढेको भन्दै जनतामाथि प्रशासनिक हैकम लादेर आफ्नो स्वार्थ पूर्ति गर्ने मौलाएको र यस्ता कार्यलाई तत्काल बन्द गर्न आग्रह गरिएको छ । आफुहरुको ध्यानाकर्षणपत्रलाई कार्यान्वयनमा नलगी कमजोरीको उपज ठानिए त्यसबाट हुने समस्याको भागीदार आफै हुनुपर्ने चेतावनी समेत पत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस माग पत्र–


