कोल्हवीमा मोबाईल ब्यवसायीमाथि धारिलो हतियार प्रहार
–अनिल प्रित
कोल्हवी, ३० जेठ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ कोल्हवी बजारमा मोबाईल पसल व्यवसाय गर्दै आएका एक व्यवसायीमाथि धारिलो हतियार प्रहार भएको छ । मंगलबार राति व्यवसायी सत्य नरायण चौधरीमाथि धारिलो हतियार प्रहार भएको हो ।
बारागढि गाउँपालिका वडा नम्बर ५ सिहासनी टोलमा बस्ने चौधरीलाई मंगलबार राति करीब ९ बजेको समयमा कोल्हवी प्रहरीले बेहोस अवस्थामा फेला पारेको थियो ।
कोल्हवी नगरपालिका वडा नं. २ नरसिंहगंजमा ससुरालीबाट कोल्हवी बजार आउने क्रममा बिच बाटोमै अज्ञात समुहले धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहार गर्नेहरुको खोजिकार्य भईरहेको र छिट्टै पक्राउ गर्ने प्रहरीले तु खबरलाई जानकारी दिएको छ ।
घाईते चौधरीलाई हिजो राति नै बिरगंजको नेशनलल मेडिकलमा उपचार गराएपश्चात थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
