हेटौँडामा तास खेल्ने ५ जना पक्राउ
मकवानपुर, २९ जेठ । पैसाको हारजीत हुने गरी तास खेलेको भन्दै वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट आज ५ जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा पैसाको हारजित हुने गरी बाजी थापी जुवा तास खेली रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २० हजार ४ सय २६ रुपैयाँ नगद र ३ बुक तास तथा १ थान कम्बल फेला परेको बताइएको छ । उनीहरुमागिथ आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
