मेरो कामको मूल्याकंन नागरिकले गर्छन् : पाण्डे
मकवानपुर । हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले आफू हेटौंडा रहँदा गरेको कामको मूल्याकंन यहाँका नागरिकले गर्ने बताएका छन् । हेटौंडाबाट सरुवा भई अर्घाखाँचीको जिल्ला समन्वय समिति गएका उनलाई उपमहानगरपालिकाले बिधाई गरेको थियो ।
सो बिधाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्दा आफूले यहाँको विकासलाई पहिलो प्राथमिकतामा राखेको समेत सम्झिए । उनले सबैलाई समेटेर जटिल परिस्थितिमा काम गर्न सहकार्य गर्ने सबैलाई धन्यवाद पनि दिए । उपमहानगरपालिका मेयर हरिबहादुर महतले उनलाई बिधाई गरेका थिए ।
