आगलागी पीडितलाई महेन्द्र मावि पदमपोखरीका विद्यार्थी र शिक्षकको सहयोग

तु खबर संवाददाता
२०७५ जेष्ठ २८, सोमबार १७:१९
Padampokhari Aaglagi Sahayog-Tukhabar
Padampokhari Aaglagi Sahayog-Tukhabar

–चन्द्र घलान
मकवानपुर, २८ जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका आगलागी पीडित परिवारलाई महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सहयोग प्रदान गरिएको छ ।

पदमपोखरीको बानियाँ चोकका आगलागी पीडित नवराज थिङलाई विद्यार्थी र शिक्षकहरुको सक्रियतामा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु अजय, बिमला र सर्वदा, विद्यालयका प्रधानाध्यापक शंकरबहादुर थिङ तथा सहायक प्रधानाध्यापक अमरनिधि उप्रेती सहितको टोलीको सक्रियतामा कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थीहरु र शिक्षकहरुबाट सहयोग रकम संकलन गरिएको हो । संकलित रकम पीडित थिङलाई सहायक प्रधानाध्यापक उप्रेतीले हस्तान्तरण गरेका हुन् ।

थिङको घरमा शनिबार बिजुली सर्ट भई आगलागी हुँदा नगद ५ लाख, घर, अन्नपात, भाँडावर्तन लगायत जलेर करिब १२ लाख ७८ हजार रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको थियो । हाल पीडितहरु आफन्तको घरमा बस्ने गरेको विद्यालयका सहायक प्रअ उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*