राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १९:२३
file-photo

काठमाडौँ, २७ जेठ (रासस) । राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो ।बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताउनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*