आमाबुवाको नाममा अधिकारीले व्यवस्था गरे गर्मीमा विद्यार्थीलाई जारको पानी

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १८:२४

मकवानपुर, २७ जेठ । हेटौंडा–२ मानसचोकस्थित आशिष किराना स्टोर्सका सञ्चालक राजन अधिकारीलेमनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकालाई कक्षाकोठामा पिउने पानी व्यवस्था गरिदिएका छन् । उनले बालबालिकालाई कक्षा कोठामा पानी खानका लागि ११ सेट डिस्पेन्सरी सहितको जार सहयोग गरेका हुन् ।

विद्यालयमा खानेपानीको व्यवस्था नभएको र गर्मी याममा पानी खानका लागि बालबालिकाले निकै सास्ती खेप्न परेको भन्दै जार व्यवस्था गरिएको अधिकारीले बताए । आफ्नो स्व. मातापिता खड्गकुमारी र भवानीप्र्रसाद अधिकारीको स्मृतिमा विद्यालयमा खानेपानीको व्यवस्था गरिएको अधिकारीले जानकारी दिएका छन् ।

कक्षाकोठामा जार व्यवस्था भएपछि विद्यार्थीलाई निकै सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बताए । बनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र विद्यालय मानिने पशुपतिनाथ माविमा ५ सय ५० बालबालिका अध्ययन गरिरहेको अध्यक्ष गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*