पदमपोखरीको टुटेपानीमा २ टोल विकास संस्था गठन

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १७:५७

हेटौँडा, २७ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी टुटेपानीमा शनिबार भएको छुट्टा छुट्टै भेलाले दुई वटा टोल विकास संस्था गठन गरेको छ ।

टुटेपानीमा सिताराम थिङको नेतृत्वमा गौरब टोल विकास संस्था गठन भएको छ । संस्थाको उपाध्यक्षमा राजु स्याङबो, सचिव राजकुमार थिङ, सह–सचिव इन्तुमाया थिङ र कोषाध्यक्ष मायादोर्जे गोले चयन भएका छन् । त्यस्तै सदस्यहरु विरमाया घलान, पार्वती गोले, गंगामाया रुम्बा लगायत ११ सदस्य चयन भएका छन् ।

त्यसैगरी सोही वडामा उत्तम गोम्जाको नेतृत्वमा शान्ति समाज टोल विकास संस्था पनि गठन भएको छ । संस्थाको उपाध्यक्षमा सोममाया घलान, सचिव सुर्यबहादुर रुम्बा, सह–सचिव लक्ष्मी भोम्जन र कोषाध्यक्षमा प्रतिमा घलान चयन भएका छन् । सदस्यहरुमा कान्छीमाया चुनी मगर, रञ्जु गोम्जा लगायत १३ जना चयन भएका छन् ।

आफ्नो टोलको विकास निर्माणका कार्यहरु प्रभावकारी रुपमा अघि बढाउन टोल विकास संस्था गठन गरिएको स्थानिय उत्तम गोम्जाले जानकारी सदए । भेला वडा नम्वर १३ का वडाध्यक्ष मनोज वाईबाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*