दिया र कृशलले जिते एसइइ मोडल हन्टको उपाधि

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १५:३९

काठमाडौँ, २७ जेठ । यस वर्षदखि सुरु भएको पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । प्रतियोगितामा सहभागी ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले उपाधी हात पार्न सफल भएका हुन् । त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फस्र्ट रनर अप तथा समृद्धि गिरी र आयुष लामा सेकेन्ड रनर अप घोषित भएका छन् ।

प्रतियोगिता अन्तर्गत बेष्ट वाक स्पर्धामा दिया श्रेष्ठ र कृशल श्रेष्ठ, बेष्ट फिगर स्वेच्छा खड्गी, बेष्ट स्माईल रोजी श्रेष्ठ र अनिल कँडेल, मोस्ट कन्फिडेन्ट प्रिज्मा महर्जन र लक्की रे, मोस्ट फोटोजेनिक समृद्धि गिरी र निशान चेम्जोङ लिम्बु र मिस बब्ली स्मृति पुन घोषित भएका छन् । त्यस्तै, मिस ट्यालेन्ट प्रशंसा सुबेदी, मोस्ट ग्ल्यामरस रिसिका महर्जन, मिस क्यारिसम्याटीक रोमिना मानन्धर, मिस इन्टेलिजेन्ट मानसी बम, बेष्ट हेयर मोनिका गुरुङ, मिस फेशन आईकन एनी पुजारी, मिस कन्जिनियल दिब्या पुरी, मिस फ्रेन्डली सुसिन श्रेष्ठ, मिस पर्सनालिटी स्वीकृति गिरी, मोस्ट डिसिप्लेन अनिसा इमाम र एनएल पुन, मिस्टर फ्रेन्डली सुसिन श्रेष्ठ तथा मिस पर्सनालिटी स्वीकृति गिरी घोषित भएका छन् ।

त्यस्तै मिस्टर फ्रेन्डली सुवास पण्डित, मिस्टर ट्यालेन्ट कुशल शाक्य, मिस्टर पर्सनालिटी कृशल श्रेष्ठ, मिस्टर पपुलर पर्सानालिटी एनएल पुन, बेस्ट स्पिकर सुदर्शन खनाल र मोनिका लामा, मिस पपुलर रिया डंगोल, मिस मल्टिमिडिया कृषा श्रेष्ठ, मोस्ट ब्यूटिफुल दिया श्रेष्ठ र बेष्ट ड्रेस भूमिका प्रधान कायस्थ भएका छन् ।

डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दैसहभागी भएका प्रतिस्पर्धीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फस्र्ट रनर अप सबिता कार्कीले कोरियोग्राफी गरेका हुन् । प्रतियोगीहरुलाई ४० दिनसम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण दिइएको थियो । करिब १ हजार दर्शक, अतिथिहरु, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतिको साथमा ग्रान्ड फिनालेको समापन भएको आयोजक डेनी मगरले जानकारी दिए ।

प्रतियोगितामा रमेश उप्रेती, दिपक घिमिरे, सबिता कार्की र अक्षय रायमाझी निर्णायकको भूमिका रहेका थिए । एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कारका साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गरेका छन् । सबैको कडा परिश्रम र राम्रो टिम वर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘एसइइ मोडल हन्ट’ लाई अझै भब्य बनाउन हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने थ्रीडि नेपालका रिदम कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*