हेटौँडा बसपार्कबाट दुई युवक पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १४:४४

हेटौँडा, २७ जेठ । २ सय ६४ एम्पुल लागुऔँषधसहित मकवानपुरको हेटौँडा बसपार्कबाट आईतबार बिहान दुई युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट नुवाकोटको बखगाउँ गाउँपालिका वडा नम्बर ८ बस्ने ३९ वर्षीय उमेश अर्जुनबहादुर प्याकुरेल र रामेछापको रनालु गाउँपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय उमेश खत्रीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बिरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना १ ज ७३११ नम्बरको सुमोलाई रोकेर जाँच गर्दा उनीहरु पक्रउ परेका हुन् । उनीहरुको साथबाट लागु औषध फेनार्गन–८८ एम्पुल, नोरफिन–८७ एम्पुल र डाईजोपाम ८९ एम्पुल गरी जम्मा २६४ एम्पुल फेला परेको थियो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवस्यक अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*