आफ्नै परिवारबाट बेचिएकी मकवानपुरकी चेली दिल्लीको होममा
मकवानपुर, २५ जेठ । आफ्नै परिवारले परिवारकै सदस्यलाई भारतको कोठीमा बेचेको भन्ने कुरा पत्याउन मुस्किल पर्छ, अझ आफैले जन्माएकी छोरीलाई बेच्ने कल्पनासम्म पनि कसैले गर्न सक्दैन । तर सुन्दा पनि आश्चर्य लाग्ने यस्तो कुकृत्य हाम्रै मकवानपुरमै घटेको छ ।
कानुनी प्रक्रृयाका लागि नाम ठेगाना गोप्य राखिएको उक्त परिवारले आफ्नी छोरीलाई आफैले दिल्लीसम्म पु¥याएर बेचेको रहस्य पत्ता लागेको हो । १७ बर्षकी सर्मिला तामाङ (नाम परिवर्तन) भारतको दिल्ली स्थीत जिवि रोडबाट उद्वार भएपछि उनीसंगको परामर्षको क्रममा खुलेको हो । शक्ति समुहले त्यहाँ उद्वार भएका १७ जना बालिका तथा किशोरीहरुलाई केहि समय अघि परामर्ष सेवा उपलव्ध गराएको हो । उनलाई आफु १५ बर्षकी हुँदा आफ्नै आमाले बेचेको र सुरुवातमा कहिल्यै नेपाल फर्कन्न भन्ने शर्मिला अब भने आफ्नै आमा बिरुद्ध मुद्धा लड्न चाहन्छिन् । शक्ति समुहका भारत प्रतिनिधि प्रमोद पोखरेलका अनुसार कानुनी प्रकृया सम्पन्न भए पछि उनलाई यथासम्भव नेपालमा ल्याईने छ ।
शक्ति समुहले सन २०१८ पछि मात्रै ११ जना महिला तथा बालबालिकाहरुको स्वदेश फिर्ती गराईसकेको छ ।
