चोरी मुद्धामा जेल सजाय तोकिएका कैलाश गाउँपालिकाका ३ जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २५, शुक्रबार १८:४०

मकवानपुर, २५ जेठ । चोरी मुद्धामा जेल सजाय तथा जरिवाना तोकी फरार रहेका मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कैलाश गाउँपालिका १ अल्छेए बस्ने ५० वर्षीय कालु गुरुङ, ४८ वर्षीय कृष्ण घले र ५१ वर्षीय शरण गुरुङलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरुलाई वि.सं. २०७३ जेठ ३ गते जिल्ला अदालत मकवानपुरको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र रु. २२ हजार ३ सय रुपैयाँ जरिवाना ताकेको थियो । सो समयबाट फरार रहेका उनीहरुलाई प्रहरी चौकी डाँडाखर्कबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*