चट्याङ लागेर मकवानपुरगढीमा एक महिलाको मृत्यू, २ घाईते
मकवानपुर, २५ जेठ । शुक्रबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक जनाको मृत्यू हुनुका साथै २ जना घाईते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ सानोगढीका अन्दाजी ६२ वर्षीया ठुलीमाया नेगीको मृत्यू भएको छ । त्यस्तै सोही ठाउँ बस्ने ३२ वर्षीया चिनीमाया लो र ४५ वर्षीया बुद्धिलक्ष्मी डिमडुङ समेत सामान्य घाईते भएका छन् ।
चट्याङले लागेपछि तुरुन्तै हेटौँडा अस्पताल ल्याइएका उनीहरुमध्ये ठूलीमायालाई अस्पतालमा ल्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।
