फरार प्रतिवादी मकवानपुर जिल्ला अदालतमा पेश

तु खबर संवाददाता
२०७५ जेष्ठ २४, बिहीबार १९:००

मकवानपुर, २४ जेठ । वि.सं. २०७० साल साउन २ गते करकाप मुद्धामा जरिवाना तोकी फरार रहेका एक पुरुषलाई बिहीबार जिल्ला अदालत मकवानपुरमा पेश गरिएको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले करकाप मुद्दामा २ हजार ५ सय जरिवाना तोकी फरार रहेका प्रतिवादी हेटौँडा २ मानसचोक बस्ने ५५ वर्षीय हरिशचन्द्र कँडेललाई बुधबार पक्राउ गरी आज अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालमकवानपुरबाट प्रहरी निरिक्षक सन्तोष कुमार श्रेष्ठको कमाण्डमा खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*