मकवानपुरमा चट्याङले लियो २ जनाको ज्यान

तु खबर संवाददाता
२०७५ जेष्ठ २३, बुधबार १७:३५

मकवानपुर, २३ जेठ । मंगलबार राति परेको चट्याङले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङको कारण एक नाबालक सहित दुईजनाको ज्यान गएको हो ।

चट्याङमा परि ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देब थिङको ज्यान गएको हो । चट्याङमा परी बिमला ब्लोन , निमेष ब्लोन, निस्मा ब्लोन र रन्जु थिङ समेत घाईते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*