दुर्घटनाको नक्कली पिडीत बनी मकवानपुर र चितवनबाट बिमा रकम कुम्ल्याउन खोज्ने पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २२, मंगलवार १७:४०

मकवानपुर, २२ जेठ । दुर्घटनाको नक्कली पीडित बनेर मकवानपुर र चितवन जिल्लाबाट दोहोरो बिमा रकम कुम्ल्याउन खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रहरीले आज दिउँसो करिब १ बजे चितवनको भरतपुर महानगरपालिका २ बस्ने ४३ वर्षीय सोचन श्रेष्ठलाई बसपार्कबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।

सोचले चलाएको बा १८ च ६६०७ नम्बरको स्कार्पियो गत २०७४ माघ १५ गते मकवानपुरको भिमफेदी गाउँपालिका २ मा बा १७ च ९२६० नम्बरको कारसंग ठक्कर खाई दुर्घटना भएको थियो । त्यस समयमा पिडितलाई धाकधम्की र गालीगलौज गरी पिडक बनाई ईन्सुरेन्सको क्षति तिर्नेछु भनि सहमति गराएको र सोही दिन चितवनको नारायणघाटमा दुर्घटना भएको भनि नक्कलि सिफारीस बनाएर ईन्सुरेन्स रकम रु. ५६ हजार निकालेको बताइएको छ ।

चितवनबाट बिमा रकम निकालेपछि पूनः मकवानपुरबाट समेत बिपक्षीबाट रकम दिलाई पाउँ भनि बिपक्षी अन्जन कुमार पुडासैनीलाई दवाब दिएको भन्ने सूचना प्राप्त भएपछि छानबिन गर्दा अभियुक्त सोचनले एउटै मितिमा दुई जिल्लामा घटनास्थल बनाई ईन्सुरेन्सको दोहोरो सुबिधा लिन लागेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*