मकवानपुरबाट चोरी भएको मोबाईलहरु मोबाईल धनीलाई फिर्ता
मकवानपुर, २२ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट विभिन्न समयमा हराएका र खोजीका लागि निवेदन दिएकामध्ये दुई जनाको मोबाईल खोजी गरी फिर्ता गरेको छ । उनीहरुलाई मंगलबार मोबाईल फिर्ता गरिएको हो ।
प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने सिता माया मुक्तानको गत वर्षको पुस २२ चोरी भएको सामसुङ जे २ मोबाईल ५ महिनापछि पत्ता लगाई आज फिर्ता गरेको हो ।

त्यस्तै हेटौँडा १५ रातोमाटे बस्ने असली माया लामाकी छोरी अमरिका लामाको गएको वर्ष पुस २२ गते हराएको सामसुङ जे ७ मोबाईल पनि आजै फेला पारि मोबाईल धनीलाई फिर्ता गरेको हो ।
