स्थानीय तहले रोप्यो ९०० बिरुवा

तु खबर संवाददाता
२०७५ जेष्ठ २२, मंगलवार १३:११
विश्व वातावरण दिवसमा वृक्षारोपण विश्व वातावरण दिवसको सन्दर्भमा मंगलबार झापाको अर्जुनधारा–४ रातेखालमा रहेको सूर्योदय अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीले वृक्षारोपण गर्दै । तस्बिर : अमितकुमार साङपाङ राई, अर्जुनधारा(झापा), रासस

ईटहरी, २२ जेठ (रासस) । अठ्चालीसौँ विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब चार सय विभिन्न जातका बिरुवा रोपिएको छ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत जनप्रतिनिधिसमेतको उल्लेखनीय सहभागिता थियो ।

त्यसैगरी उपमहानगरपालिका क्षेत्रमा प्लास्टिक झोला निषेध अभियान चलाइएको छ । यसै अवसरमा सशस्त्र प्रहरी, बराह बाहिनी मुख्यालय पकली सुनसरी परिसरमा विभिन्न जातका पाँच सय बिरुवा रोपिएको सिद्धकाली गणका सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए ।

यस्तै धरान, इनरुवा, दुहबी, बराहक्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीका डिभिजनल इञ्जिनीयर देवनाथ सिंहले जानकारी दिए । सोही सन्दर्भमा १९ आंैँ राष्ट्रिय सरसफाइ दिवसको उद्घाटन गर्दै डिभिजनल इञ्जिनीयर सिंहले डिभिजन कार्यालय र त्यसअन्तर्गतका विभिन्न स्थानमा बिरुवा रोप्ने कार्यसमेत भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*