धनकुमारी र बिक्रमले मुड चल्यो भनेपछि…(भिडियो)

तु खबर संवाददाता
२०७५ जेष्ठ २२, मंगलवार १२:४९

काठमाडौँ, २२ जेठ । चर्चित वरिष्ठ लोकदोहोरी गायिका धनकुमारी थापा (((सरु), गायिका पूर्णकला बिसी तथा लोकदोहोरी गायक बिक्रम थापाको ‘आज मुड चल्या छ दोहोरी गीत गाउँ’ बोलको नयाँ दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

दशकौँदेखि लोक गायन क्षेत्रमा लागी चर्चित गीतहरु गाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल गायिका धनकुमारीसहितको अन्य गायक–गायिकाको आवाज समेटिएको गीतको म्यूजिक भिडियो दरबारमार्गमा भएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारीको नृत्य तथा अभिनय रहेको छ । शब्द तथा संगीत करण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने छायाँकन अजय रेग्मीले गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*