नेक्स्ट सुपर टप्स मोडललागि धमाधम प्रतियोगीहरु छनौट हुँदै
काठमाडौँ, २२ जेठ । नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना हुँदैछ । नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले प्रतियोगिताको आयोजना गर्न थालेको हो ।
प्रतियोगिताको लागि रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिसन समेत भएको छ । सौन्दर्य प्रतियोगितामा अडिसनबाट २४ जना प्रतिस्पर्धी युवायुवती छनौट भएका छन् । त्यस्तै संस्थाको कार्यालय सिनामंगलमा समेत प्रतियोगिहरुको धमाभम छनौट भइरहेको छ । पहिलो अडिसनमा आयोजक डेबिल सिह राजपुत, मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत, फेसन डिजाइनर ममता बस्नेत, आयोजक सुजन रिमाल, मोडल तथा कोरियोग्राफर दिवस भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मका र महिलाको उचाइ ४.५ र पुरुष ५.५.भन्दा माथिका तथा विवाहित अविवाहित दुवै प्रतियोगीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने र चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तवार्तामा समेत सहभागिता हुन पाउने बताइएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइनेछ । त्यस्तै प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराईने बताइएको छ ।
यो पनि पढ्नुहोस्–
