पूर्व मिस नेपाल मलिना अब प्रशिक्षक

तु खबर संवाददाता
२०७५ जेष्ठ २२, मंगलवार ०९:५०

वाशिंगटन डिसी, २२ जेठ । सन् २०११ की मिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौँ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी छिन् ।

टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ , २०१८ आइतबारका दिन हुने कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् । मिस नेपाल यूएस २०१८ को बिजेतालाई ४५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको आवेदन खुला भएकोले जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनि सकेकी मलिनालाई दोश्रो पटक पुनः आयोजक संस्थाले नियुक्त गरेको हो । मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावदुत ,मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी , मिस नेपाल क्यालिफोर्निया कि आधिकारिक कोरियोग्राफी , बिश्व बन्य जन्तु नेपाल कि पूर्व युवा संरक्षण लगायतमा उनले काम गरि सकेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*