समाजसेवी सुमनको पहलमा लामाद्वारा सिमलटारमा त्रिपाल सहयोग

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १९:४१

–जी. न्यौपाने
हेटौँडा, २१ जेठ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ सिमलटारस्थित नारायणी यातायात व्यवसायी संघको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई समाजसेवी कमलचन्द्र सुमनको पहलमा ६६ वटा त्रिपाल वितरण गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकामा दर्ता भएको जग्गालाई खाली गर्ने क्रममा त्यहाँ निर्माण गरिएका घर टहरा भत्काइएपछि समस्यामा परेकालाई सुमनको पहलमा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने समाजसेवी सूर्य बज्र लामाले ६६ घरधुरीलाई ६६ थान त्रिपाल उपलब्ध गराएका हुन् ।

घरटहरा भत्काइएको केही समयपछि नै हावाहुरी चल्नुका साथै पानी परेर थप समस्यामा परेका स्थानीयलाई उनीहरुले सहयोग गरेका हुन् । लामाद्वारा सहयोग प्राप्त त्रिपाललाई सिमलटार टोल विकास संस्थामार्फत वितरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*