भिमफेदीमा २ सय वटा कुखुराको चल्ला बरामद
मकवानपुर, २१ जेठ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ बाट २ सय वटा अवैध कुखुराको चल्ला बरामद गरिएको छ । सोमबार प्रहरी चौकी भैँसेबाट खटेको प्रहरी टोलीले हेटौँडाबाट पालुङतर्फ जाँदै गरेको ना ४ ख ६०९१ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसको हुटमा लुकाई छिपाई ल्याएको २०० वटा कुखुराको चल्लाहरु बरामद गरेको बताइएको छ ।
चल्लाको आवश्यक कागजपत्र नभएकोले बरामद गरी आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
