भैँसेका फरार राना जिल्ला अदालत पेश

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १९:०६

मकवानपुर, २१ जेठ । केहि सार्वजनिक अपराध मुद्दामा जरिवाना तोकी फरार रहेका एक प्रतिवादलाई आज जिल्ला अदालत मकवानपुरमा पेश गरिएको छ ।

जिल्ला अदालत मकवानपुरको २०७३ जेठ २१ गतेको फैसलाले केहि सार्वजनिक अपराध मुद्दामा रु. १ हजार जरिवाना तोकी फरार रहेका प्रतिबादी साविक भैँसे गाविस वडा नम्बर १ बस्ने सिलिङ रानालाई अदालत पेश गरिएको हो ।

उनलाई आज बिहान प्रहरी चौकी भैंसेबाट खटेको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*