पदमपोखरीमा ३ महिने सिलाई बुनाई तालिम

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १७:५४

हेटौँडा, २१ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा महिलाहरुका लागि ३ महिने सिलाई बुनाई तालिम संचालन भईरहेको छ । त्यहाँस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सञ्चालन भएको हो ।

सिटिइभिटीको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले जानकारी दिईन् । सहकारीको आफ्नै भवनमा सञ्चालन भइरहेको तालिममा २२ जना महिलाहरुलाई लेवल १ तालिम लिई रहेका छन् । तालिममा कुमारी मोक्तान र राधिका जैसीले प्रशिक्षण दिइरहेका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*