हेटौँडा आएर प्रधानमन्त्री ओलीले भने–‘सबै सिण्डीकेट तोड्छौँ, भ्रष्टचार विरुद्ध लाग्छौँ’

तु खबर संवाददाता
२०७५ जेष्ठ २१, सोमबार १२:५७
file-photo

हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई सम्बोधन गर्दै सबै प्रकारका सिण्डीकेटहरुलाई अन्त्य गर्ने बताएका छन् । प्रदेशसभामा बोल्दै उनले भने–‘यातायातमा मात्र होईन, हामी सबै सिण्डीकेट तोड्छौँ ।’

उनले सिण्डीकेटसँगै भ्रष्टाचारलाई समेत अन्त्य गर्ने बाटोमा लाग्ने बताए । उनले शिक्षा क्षेत्रमा हुने माफियातन्त्रलाई अन्त्य गर्ने उदेश्यले नै भर्ना अभियान सुरु गरिएको बताए ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रधानमन्त्री ओली प्रदेशसभामा आउन ढिला भएका कारण सम्बोधन एक घण्टाभन्दा बढी समयको ढिलाई पश्चात भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*