३ नम्बर प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
हेटौंडा, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशसभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।
आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका मिलाईएको बताउँदै बुढाथोकीले त्यसका लागि तयारी पनि सकिएको बताएका छन् । ओलीले ७ वटै प्रदेशको संसदमा सम्बोधन गर्ने क्रममा ३ नम्बर प्रदेशको बैठकमा पनि सम्बोधनको कार्यक्रम राखिएको बताइएको छ ।
प्रदेशसभामा सम्बोधन पश्चात ओलीले प्रदेशमन्त्रीहरुसँग अन्तरक्रिया गर्नुका साथै कार्यकर्ताहरुलाई निर्देशन समेत दिने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) श्रोतले जनाएको छ ।
