३ नम्बर प्रदेशसभामा प्रधानमन्त्री ओलीले भोलि संबोधन गर्ने

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार २१:०४
फाइल फोटो

हेटौंडा, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ३ नम्बर प्रदेशसभा हेटौँडामा सम्बोधन गर्ने भएका छन् । ओलीले ३ नम्बर प्रदेशको भोली सोमबार हुने प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको ३ नम्बर प्रदेशकासभा सचिवालय सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए ।

भोलि बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका मिलाईएको बताउँदै बुढाथोकीले सकेसम्म तोकिएकै समयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका बनाइएको बताए । ओलीले ७ वटै प्रदेशको संसदमा सम्बोधन गर्ने क्रममा ३ नम्बर प्रदेशको बैठकमा पनि सम्बोधनको कार्यक्रम राखिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*