करेन्ट लागेर ट्याङ्कर सहचालकको मृत्यू
रुपन्देही, २० जेठ । बुटवल उपमहानगरपालिका–८ जोतिपथ स्थित भित्री सडक खण्डमा लु.१ख ६६६८ नम्बरको ट्याङकरले आइतबार हाईटेसनको तारलाई छुन जाँदा सह–चालक तिलोत्तमा नगरपालिका एयरपोर्ट बस्ने १८ बर्षीय सुमन गुरुङलाई करेन्ट लागेकोले उपचारको लागी लुम्बिनी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
