कालो मरिचसहित ट्याक्टर र मानिस नियन्त्रण
पर्सा, २० जेठ । बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी स्थित ना.३ त २४३६ नम्वरको ट्याक्टरमा लुकाई छिपाई नेपालबाट भारततर्फ भन्सार छलेर लगिरहेको करीब १ हजार ८ सय ७५ के.जी. कालो मरिच सहित ट्याक्टर चालक भारत बिहार भेतिया सिक्टा घर भएका ३२ बर्षीय नन्दलाल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
