लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार १९:४८

धनुषा, २० जेठ । धनुषा जिल्लाको नगराईन नगरपालिका ७ स्थित विर्ताघाटबाट जेठ १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ४ बस्ने ३२ वर्षिय देबकुमार ज्ञापक र सोही नगरपालिका ९ बस्ने ३४ वर्षिय दिपेन्द्रजित ठोकर छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवझियाबाट खटिएको एपीएफ टोलीले ज. ८ प ४५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाइ संका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स १ बोतल, स्पास्मो प्रोक्सिभन ७० बोतल, पेन्टाजोशीन ईजेक्सन ६० वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*