मनहरी बजारमा लैंगिक हिंसा तथा मानव वेचविखन विरुद्धको र्याली र अन्तरक्रिया

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार १९:३७

मकवानपुर, २० जेठ । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनहरी बजारमा आईतबार ‘लैँगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको र्याली‘ तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना तथा ईलाका प्रहरी कार्यालय मनहरी, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र र अस्मिता नेपाल मकवानपुरको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

सामुदायिक सेवा केन्द्र–सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष बिमला कार्कीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय मनहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पनेरुको प्रमुख आतिथ्यमा कार्यक्रम तथा र्याली भएको हो । मनहरीबाट सुरु भएको र्याली बजार परिक्रमा गरी ईलाका वन कार्यालयको सभाहलमा पुगेर भेलामा परिणत भएको थियो । भेलामा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षिक चन्द्र किशोर साह, अस्मिता नेपाल मकवानपुरकी अध्यक्ष आरती पाठक , पत्रकारका रिपेश रिद्दि दाहाल, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्रका सभापति गोबिन्द प्रसाद रिजाल, कालिका सामुदायिक वनका अध्यक्ष हेमलाल उप्रेती, सामुदायिक सेवा केन्द्रका अन्य सदस्यहरु लगायतका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक तथा शिक्षिकाहरु, आमा समुह, महिला समुह, स्वयमसेविकाहरु, बाल क्लब, विध्यार्थी,समाजसेवी, पत्रकार ,नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

भेलाको दोस्रो चरणमा लैंगिक हिंसा–महिला तथा बालबालिका विरुद्दको अपराध’ र हाल शंसोधन भएका नेपालको कानुनका विषयमा प्र.नि.चन्द्र किशोर साह, र मानव वेचविखन तथा ओसार पसार विरुद्ध’ का विषयमा आरती पाठकबाट सहजिकरण गरिएको थियो । कार्यक्रममा १ सय ३४ जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*