थारु कल्याणकारिणीको सभापतिमा पूनः हरिलाल चौधरी
मकवानपुर, २० जेठ । थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी, सदस्यहरुमा होमनारायाण चौधरी, विसुनदयाल चौधरी, मेनुका फौजदार, निलम चौधरी, मुकेशप्रसाद चौधरी र देवकान्त चौधरी चयन भएका हुन् । त्यस्तै प्रमानन्द चौधरी, गिता चौधरी र अमरकान्त चौधरीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरिएको छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष प्रेमीलाल चौधरीको प्रमुख आतिथ्य तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय सचिवालय सदस्य रामकृष्ण चौधरी र नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष चौधरीले थारु समुदायलाई राज्यले अझैपनि उपेक्षा गरिरहेको आरोप लगाए । राज्यले हत्याको डिजाईन गरेको आरोपमा रेशम चौधरीलाई जेल चलान गरेपनि अरु हत्या आरोपीलाई छुट दिएको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रम थारु कल्याणकारिणी सभा मकवानपुरका सभापती हरिलाल चौधरीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष कृष्ण सारु मगर लगाएतले थारु समुदायको भाषा, कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गर्न राज्यले विशेष लगानी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीले आफ्नो स्वर्गीय श्रीमान गोपाल चौधरीको नाममा जेहेन्दार विद्यार्थी र थारु अगुवालाई सम्मान गर्न अक्षय कोषका लागि नगद २५ हजार पाँच रुपैंया प्रदान गरिन् । कार्यक्रममा थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न सहयोग पु¥याएको भन्दै थारु अगुवाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाकी मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष उमा चौधरीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
