भिमफेदीमा महिला हिंसा विरुद्ध २ दिने कानुनी परामर्श
मकवानपुर, २० जेठ । समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुरले भिमफेदीमा महिला हिंसा विभरुद्ध २ दिने कानुनी परामर्श दिएको छ । केन्द्रकी अध्यक्ष टिका कुमारी बोगीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता कृष्णप्रसाद अर्याल, केन्द्रकी सचिव लक्ष्मी श्रेष्ठ र सल्लाहकार चित्रकुमारी गुरुङले सहजीकरण गरेका थिए ।
दुई दिने कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर १ का ४३ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि तथा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, वडा नम्बर १ का अध्यक्ष श्यामबहादुर बल, वडा सदस्य सुमित्रा थिङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम भिमफेदी गाउँपालिकाको आर्थिक सहयोगमा भएको हो ।
