पदमपोखरीमामा २ सय ४६ जनाको स्वास्थ्य परिक्षण

तु खबर संवाददाता
२०७५ जेष्ठ २०, आईतवार ०६:२४

मकवानपुर, २० जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा नम्बर १३ को आयोजना र स्वास्थ्यचौकीको सहयोगमा भएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८१ ज्ना महिला र ६५ जना पुरुषहरुले स्वास्थ्य परिक्षण गराएको वडाअध्यक्ष मनोजकुमार वाईवाले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर महतले निःशुल्क औँषधि समेत वितरण गरिएको अध्यक्ष वाईबाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा विरामी जाँच, स्त्री रोग सम्बन्धी सेवा, परामर्श सेवा, ल्याब सेवा लगायतका विविध सेवा उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टरले समेत सेवा प्रदान गरेका थिए ।

शिविरमा पदमपोखरी र त्यस आसपासका ठूलाथली, हात्तिगौँडा, घरेडीडाँडा, भोर्ले, आँपधाप, आल्दमार, बेलडाँडा, टुटेपानी, सिमपानीका साथै मनहरी गाउँपालिकाका चकरी, मकरी लगायतका क्षेत्रबाट समेत सेवाग्राहीहरु उपस्थित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*